Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना, तीनको मृत्यु र छ जना घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना, तीनको मृत्यु र छ जना घाइते

सोलुखुम्बु : सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–६ मा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ ब्रेक फेल भएर अन्दाजी ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

मृतकहरू महाकुलुङ–३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन्।

दुर्घटनामा घाइते हुनेहरूमा ३२ वर्षीय श्रीध्वज राई, १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।

जिपमा सवार ११ जनामध्ये दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार जिल्ला अस्पताल फाप्लुमा भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij