Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाल्पाको तानसेनमा जिप दुर्घटना, १२ जना घाइते

पाल्पाको तानसेनमा जिप दुर्घटना, १२ जना घाइते

बागलुङ : पाल्पा जिल्लाको तानसेन नगरपालिका–१३ बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको जिप रानीमहल सडकखण्डमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार, चालकसहित १४ जना सवार जिपका १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था मध्यम छ । बडिगाड गाउँपालिका–७ की २९ वर्षीया कल्पना विक र नवलपरासी बर्दघाट–१० की ४६ वर्षीया चन्द्र कुमारी रोकाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

अन्य घाइतेहरूमा चालक चितमान गुरुङ, केशव गुरुङ, सपना गुरुङ, शिशिर विक, सृष्टि विक, दिलबहादुर थापा, टिका न्यौपाने, रिदम न्यौपाने, आशा कुमारी रोका र हुमा छन्त्याल रहेका छन् । सबैको अवस्था सामान्य रहेको र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij