Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कर्णालीमा हराएकी किशोरीको शव अछाममा फेला

कर्णालीमा हराएकी किशोरीको शव अछाममा फेला

अछाम : आठ दिनअघि कालिकोटको खुलालु पुलबाट कर्णाली नदीमा हाम फालेकी एक किशोरीको शव अछाममा फेला परेको छ। नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया सिर्जना बटालाको शव अछामको तुर्माखाँद गाउँपालिका–१ रहफको बुढाबालुवा क्षेत्रमा मङ्गलबार साँझ भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शव डुंगेश्वर नजिकैको कर्णाली किनारमा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

खुलालु बजारका व्यापारी अनिपाल बटालाकी जेठी छोरी सिर्जना सुर्खेतको वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत थिइन्। दसैँ मनाउन घर आएकी सिर्जनाले किन हाम फालेकी भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij