काभ्रेपलाञ्चोक : दोलखाको भीमेश्वर नगरपालिका-९ स्यासीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका हुन्। गोमा भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ग २ च ३४०० नम्बरको जिप अचानक ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खाँदै दुर्घटनामा परेको थियो। जिपमा ७ जना सवार थिए। घाइतेहरुलाई रोल्पा अस्पताल चरिकोट दोलखामा उपचारका लागि भर्ना गरिएको छ भने गोमा भुजेललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij