Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते,पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते,पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

सिरहा : यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्। गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छभने अन्यको मिर्चैयामै उपचार भइरहेको छ।

पीडितका अनुसार १५÷२० जनाको समूहले घरमै आएर खुकुरी, रड, भाटालगायतका हतियारले आक्रमण गरेका थिए। प्रहरीले घटनामा संलग्नताको आरोपमा आज मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij