चितवन : “७०औं प्रहरी दिवस २०८२” को अवसरमा इलाका प्रहरी कार्यालय गीतानगर, चितवनका प्रमुख प्रहरी निरीक्षक मिना देवी राईलाई उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कारद्वारा सम्मानित गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको विशेष समारोहमा राईलाई शान्ति–सुरक्षा, अपराध नियन्त्रण र जनसेवामा देखाएको उल्लेखनीय योगदानका आधारमा सम्मान गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले निरीक्षक राईलाई पुरस्कार प्रदान गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्य निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij