Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

जेन्जी आन्देलनको आक्रोश र अभिभावकको रोदन बोकेको ‘जेन्जी तिहार (भिडियो सहित)

जेन्जी आन्देलनको आक्रोश र अभिभावकको रोदन बोकेको ‘जेन्जी तिहार (भिडियो सहित)

काठमाडौं : शुभ दीपावली – २०८२ लाई लक्षित गरेर नयाँ प्रकारको गीतको भिडियो सार्वजनिक भएको छ । विशेषतः उक्त गीतमा गत भदौ २३ र २४ मा जेन्जी पुस्ताले गरेको प्रदर्शन र राज्यको दमनलाई लक्षित गरेर गीतको निर्माण गरिएको छ ।

तुलसी बाँस्कोटा र सजिना लामिछानेले तयार पारेको शब्दमा स्वयम् बाँस्कोटा र चलचित्र निर्देशक आरबी खत्री शरदले संगीत गरेका छन् भने राजिव शाहले संगीत संयोजन र रेकर्डिङ एवम् मास्टरिङ गरेका छन् । उक्त गीतमा आरबी खत्री शरद्, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको स्वर रहेको छ ।

भिडियोमा आरबी खत्री शरद्, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, सजिना लामिछाने, रमेश मैनाली, शिव मैनाली, राज धामी लक्ष्मी जोशी, पिय्रा कार्की, पार्वती अधिकारी भट्टराई, श्रीदा क्षेत्री बिन्दु श्रेष्ठ, तेजी कुँवर, सपना देवकोटा, अनिल राई, गीता ओली, सुजिता खत्री र लक्ष्मी सिवाकोटी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

त्यसैगरी, दिनेश लिम्बुको कोरियोग्राफी, आरबि खत्री शरदको निर्देशन, राज पोख्रेलको छायाङ्कन र राज धामीको सम्पादन रहेको छ । गीतले देशमा व्याप्त भ्रष्टाचार र परम्परागत राजनीतिका कारण जेन्जी पुुस्ता तातेका बेला देश जलेकोमा आक्रोश पोखेको छ भने देश बन्छ भन्दै घरबाट हिँडेको छोरो राज्यको दमनमा परेर मारिएको खबर सुनेपछि आमा विक्षिप्त बन्नु पर्दाको अवस्थालाई चित्रण गरेको छ । आदि शक्ति अफिसियल नामक युट्युबबाट भिडियो सार्वजनिक गरिएको छ । भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्

https://youtu.be/Y0IGMHj1QQI

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट