Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

उद्योगीमाथि भएको कुटपिटबारे छानबिन गर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

उद्योगीमाथि भएको कुटपिटबारे छानबिन गर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

धनुषा : मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले हिजो राति जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट बारे छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीको कुटाइबाट घाइते भएका सुरेन्द्र भण्डारीलाई आज अस्पतालमा गएर भेटेपछि मुख्यमन्त्री सोनलले मधेस प्रदेशका प्रहरी प्रमुखलाई फोन गरेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

हिजो राति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबिच झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरीले जिल्लाको सोनारपट्टीस्थित सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको थियो । त्यहाँ प्रहरी र सुन व्यवसायीबिच झडप हुँदा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी घाइते भएका थिए । व्यापारीहरुले यसरी दीपावलीको समयमा राति राति आएर छापा मारेर दुःख दिने काम नगर्न भन्दै प्रहरीलाई प्रतिकार गरेपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij