Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

चारवटै सुरक्षा निकायका प्रमुखले भने- निर्वाचनका लागि आवश्यक सुरक्षा दिन तयार छौँ

चारवटै सुरक्षा निकायका प्रमुखले भने- निर्वाचनका लागि आवश्यक सुरक्षा दिन तयार छौँ

काठमाडौं : सुरक्षा निकायहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा दिन तयार रहेको बताएका छन् । शनिबार राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले यस्तो बताएका हुन्।

राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखसहित गृह मन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूको उपस्थिति थियो । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो।

अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू प्रस्तुत गर्दै बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको बताएको प्रधानमन्त्रीकी प्रेस संयोजक राम रावलले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij