Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

महोत्तरीमा ७९ औँ प्रहरी दिवस मनाइयो

महोत्तरीमा ७९ औँ प्रहरी दिवस मनाइयो

महोत्तरी : जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी ७९ औँ प्रहरी दिवस धुमधामका साथ मनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल प्रमुख अतिथि थिए ।

कार्यक्रममा बोल्दै रिसालले देश र जनताको सुरक्षाका लागि समर्पित प्रहरीहरूलाई शुभकामना व्यक्त गर्दै जिम्मेवारीपूर्वक र इमानदार भएर काम गर्न अनुरोध गरे । उनले भने,“प्रहरी जनताको सुरक्षाको पहिलो पङ्क्तिमा खटिने राज्यको मुख्य सुरक्षा निकाय हो। प्रहरीको अनुशासन, इमान र निष्ठा नै संस्थाको पहिचान हो ।”

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक(एसपी) हेरम्भ शर्माले देशका लागि बलिदान समर्पित गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने,“अमर प्रहरीहरू हाम्रो गौरव हुन्, उनीहरूको सम्झनाले हामीलाई थप जिम्मेवार बनाउँछ ।” कार्यक्रममा उत्कृष्ट कामका लागि प्रहरी नायव उपरीक्षक सैलेन्द्र भट्ट, प्रहरी निरीक्षक अशोक झा, नन्दकिशोर चौहान लगायत दर्जनौँ प्रहरीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij