काठमाडौँ : काठमाडौँको शंखरापुर नगरपालिका–१ बोजिनीबाट प्रहरीले भरूवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन्।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारेर नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij