Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

फिदिममा मोटरसाइकल खोल्सामा खस्दा दूध सङ्कलकको निधन

फिदिममा मोटरसाइकल खोल्सामा खस्दा दूध सङ्कलकको निधन

 फिदिम : पाँचथरको फिदिम नगरपालिका–१३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बिहान दूध सङ्कलन गरी डेरीतर्फ फर्किरहेका ४२ वर्षीय हर्क राईको मोटरसाइकल सेतापानी खोल्सामा खसेपछि मृत्यु भएको हो।

केही दिनअघि पहिरोले क्षति पुर्‍याएको र अझै मर्मत नगरिएको बाटो हुँदै दुध ओसार्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गर्दै राईलाई पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो।

हालैका बाढी र पहिरोका कारण जिल्लाका ग्रामीण सडकहरु क्षतिग्रस्त भएपछि यातायात दुर्घटना बढिरहेको स्थानीय प्रशासनले बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij