हेटौंडा : करेंट लगाई गैँडा मारेको अभियोगमा थुनामा रहेका हरी भक्त श्रेष्ठलाई सम्मानित उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। अदालतले उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको हो । श्रेष्ठलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत गरिएको अनुसन्धानपछि पक्राउ गरी थुनामा राखिएको थियो। उनीमाथि दुर्लभ वन्यजन्तु गैँडाको अवैध शिकारमा संलग्न रहेको आरोप लागेको थियो।
यो घटनाले वन्यजन्तु संरक्षणप्रति राज्यको संवेदनशीलता र कानुनी प्रक्रियामा देखिएको लचकतामाथि बहस चर्काएको छ । अदालतको आदेशपछि श्रेष्ठलाई धरौटी तिरेर रिहा गरिएको छ, तर मुद्दा अझै अदालतमा विचाराधीन छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij