Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बालेन शाह र सुदन गुरुङविरूद्ध रौतहटमा जाहेरी

बालेन शाह र सुदन गुरुङविरूद्ध रौतहटमा जाहेरी

रौतहट : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र 'हामी नेपाल'का संस्थापक सुदन गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी परेको छ । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले सोमबार उनीहरूविरूद्ध जोहरी दिएका हुन् ।

जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादाभन्दा बाहिर गएर युवामाथि आपत्तिजनक अभिव्यक्ति र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ। राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य बजरङ्गी गुप्ता र रौतहट जिल्ला इन्चार्ज सन्तोष साहद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय गौरका मुद्दा फाँटका इन्स्पेक्टर रुद्र कँडेललाई बुझाइएको हो ।

यसअघि उनीहरुविरुद्ध काठमाडौँ लगायत अन्य जिल्लामा समेत जोहरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij