Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौँ : देशका विभिन्न चार स्थानमा आइतबार चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५, गुन्सा बस्ने ३५ वर्षीय भक्त बहादुर तामाङ सोही गाउँपालिका-५, काभ्रे खोराङस्थित खोराङ सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-३, गजेटाकुरीस्थित सानीभेरी नदीको टापुमा मुसिकोट नगरपालिका-१३, लामाडाँडा छिवाङ बस्ने ४५ वर्षीया अस्मिता बिष्ट आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

यता, मोरङको बेलबारी नगरपालिका-४, ईमानसिंङ चोकस्थित सडक छेउमा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय कृष्णभक्त राई आइतबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका-८, पाखरेस्थित सावरधोबी खोलामा सोही गाउँपालिका-२, बैकुण्ड बस्ने ३७ वर्षीया सानु माया लामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij