Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

२१९ केजी गाँजा र अफिम सहित दुई जना पक्राउ

२१९ केजी गाँजा र अफिम सहित दुई जना पक्राउ

काठमाडौँ :  प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित खटौतीबाट ठुलो परिमाणमा गाँजा र अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतीय नम्बर मिनिट्रकमा लुकाएर चितवन तर्फ लैजाँदै गरेको अवस्थामा २१९ केजी गाँजा बरामद गरिएको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

प्रहरीले बिआर–०१ जिबी–८६५३ नम्बरको ट्रकमा सवार आरोपीहरूको साथबाट १२० ग्राम अफिम पनि बरामद गरेको छ ।पक्राउ पर्नेमा पर्सा घर भएका दुई जना छन् । उनीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको एसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij