Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौँ :  वीर अस्पतालका लेखा अधिकृतलाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुससहित पक्राउ गरेको छ ।लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरिएको आयोगका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

५० वर्षीय दाहालले लिएको १ लाख २० हजार ८५० रुपैयाँ घुस रकम आयोगको टोलीले बरामद गरेको छ ।विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई बिल रकम भुक्तानी गर्दा उनले घुस लिएको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आइतबार अख्तियारको मुख्यालय टंगालबाट खटिएको टोलीले उनलाई अस्पतालबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij