Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध गर्दै विरोध

रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध गर्दै विरोध

रसुवा :  रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत कालिका गाउँपालिका–३ का ५० वर्षीय स्काभेटर चालक शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको छ। शनिबार गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे नजिकै रहेको बालुवा खानीमा काम गर्ने क्रममा करेन्ट लाग्दा उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिएका छन्।

मृत्युको कारणबारे छानबिन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै कालिका–३ धारापानीका स्थानीयवासीहरूले आइतबार बिहानदेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले मृतक परिवारलाई तत्काल राहत रकम प्रदान गर्न तथा घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई चेतावनी दिएका छन्।

स्थानीयहरूले कामदारहरूको सुरक्षाप्रति जलविद्युत कम्पनी लापरवाह भएको आरोप लगाउँदै भविष्यमा यस्ता दुर्घटना नदोहोरिन आवश्यक सुरक्षा मापदण्ड अपनाउन कम्पनीले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने मागसमेत गरेका छन्।

घटनास्थलमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij