Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

२५ वर्ष कैद तोकिएका कैदी चाबहिलबाट पक्राउ

२५ वर्ष कैद तोकिएका कैदी चाबहिलबाट पक्राउ

काठमाडौँ : सुनधारा स्थित केन्द्रीय कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३८ वर्षीय प्रेम विश्वकर्मा छन् । उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धाराबाट भागेका हुन् ।

बिहीबार पक्राउ गरेर उनलाई कारागार प्रशासनको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij