Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लौकही सिमानाबाट तीन लाख बराबरको पटका बरामद गरी नष्ट

लौकही सिमानाबाट तीन लाख बराबरको पटका बरामद गरी नष्ट

इनरुवा : सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भारत–नेपाल सिमानाबाट सशस्त्र प्रहरीले तीन लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरी नष्ट गरेको छ।

आइतबार बिहान करिब ९ बजे सीमा नाकाबाट लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका प्रमुख प्रहरी निरीक्षक मनीष कटुवालको नेतृत्वमा खटिएको टोलीले विभिन्न प्रकारका पटका नियन्त्रणमा लिएको हो।

बरामद गरिएको पटकालाई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र प्रहरी प्रशासनको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा गरिएको गस्ती कार्यका क्रममा पटका फेला परेको थियो।

सशस्त्र उपरीक्षक केदारजंग थापाका अनुसार फेला परेका पटकामा १७ प्रकारका वस्तु समावेश रहेका छन् र तिनको अनुमानित मूल्य तीन लाख रुपैयाँभन्दा बढी छ। तिहार नजिकिँदै गर्दा भारतबाट लुकाइ ल्याएर स्थानीय व्यापारीहरूले बिक्री गर्ने क्रम बढेपछि निगरानी कडा पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij