सुर्खेत : मदिरा सेवन गरी राउटे बस्तीमाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका—५, नेटा भन्ने ठाउँका राजु रजाली रहेका छन् । प्रहरीका अनुसार उनी शुक्रबार राति १२ बजेतिर चौरासे नजिकैको जङ्गलस्थित राउटे बस्तीमा छिरेका थिए । मध्यराति मदिरा सेवन गरी बस्तीमा पसेका उनी राउटे महिलाहरू एक्लै बसेको छाप्रोमा प्रवेश गरेका थिए । त्यसपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।
शनिवार बिहान प्रहरी पुगेर ती युवालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार मापसे गरेर शङ्कास्पद तरिकाले राउटे बस्तीमा पसेको भनेर उनलाई नियन्त्रणमा लिइएको छ । यद्यपि उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij