Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनकाे देवनगरस्थित  देवज्योति आधारभूत विद्यालयमा विश्व अण्डा दिवस २०८२ उत्साहपूर्वक मनाइयो

चितवनकाे देवनगरस्थित  देवज्योति आधारभूत विद्यालयमा विश्व अण्डा दिवस २०८२ उत्साहपूर्वक मनाइयो

चितवन : विश्व अण्डा दिवस २०८२ देवनगरस्थित देवज्योति आधारभूत विद्यालयमा शुक्रबार विशेष कार्यक्रमका साथ मनाइएको छ। पोषण, स्वास्थ्य सचेतना र स्थानीय उत्पादनको प्रवर्द्धनलाई लक्ष्य गर्दै आयोजित कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सक्रिय उपस्थिति थियो।

कार्यक्रमका विशेष अतिथि नेपाल पोल्ट्री महासंघका सभापति रामलाल भुषाल रहे। उनले नेपालमा पोल्ट्री उद्योगले पोषण अभाव न्यूनिकरण, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई सबल बनाउँदै आएको बताए। बालबालिकालाई शारीरिक तथा मानसिक विकासका लागि विद्यालयस्तरमै अण्डा सेवन प्रवर्द्धन हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि फिजिसियन डा. भोजराज अधिकारीले अण्डा “सस्तो, पौष्टिक र स्वास्थ्यवर्धक आहार” भएको उल्लेख गर्दै दैनिक भोजनमा यसको समावेश आवश्यक रहेको बताए। कुपोषण, रोग प्रतिरोधात्मक क्षमता तथा बालविकासमा अण्डाको भूमिका स्पष्ट पार्दै उनले विद्यालयहरूमा यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए।

बिशिष्ट अतिथि विद्यालय व्यवसायी समितिका अध्यक्ष देवराज सापकोटाले विद्यालय र समुदायबीचको सहकार्यबाट मात्र पोषणमूलक सचेतना प्रभावकारी हुने धारणा राखे। उनले निजी तथा संघसंस्थाहरूको साझेदारीले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान र पोषण सुधारमा टेवा पु¥याउने बताए।

सोही अवसरमा देवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद न्यौपानेले सरोकारवाला निकाय तथा अतिथिहरूप्रति आभार व्यक्त गर्दै विद्यालयले विद्यार्थीमैत्री स्वास्थ्य सचेतना कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयवासीको सहभागिता रहेको थियो। सन्देशमूलक प्रस्तुतिहरू, अन्तरक्रिया र अण्डा वितरणमार्फत दिवसको महत्व उजागर गरिएको थियो।

विश्व अण्डा दिवस हरेक वर्ष अक्टोबरको दोस्रो शुक्रबार विश्वभर मनाइन्छ र नेपालमा समेत पोषण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट