Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सशस्त्र प्रहरीका निरीक्षक ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरीका निरीक्षक ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्री समेतको आपसी मिलेमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

रुपन्देहीकाे कोटहीमाई गाउँपालिका- ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीले भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएकाे आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij