Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मध्य रातमा रडले हानेर टोखामा एक युवकको हत्या, २ जना पक्राउ

मध्य रातमा रडले हानेर टोखामा एक युवकको हत्या, २ जना पक्राउ

काठमाडौं : फलामको रड प्रहार गरी टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो । प्रहरीले घटनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij