सिराहा : सिराहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।
यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा ९ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij