Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ

काठमाडौं : माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनी प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको एसपी भट्टराईले बताए । करिब २८ दिनदेखि माइतीमा सरिश्मा थापाको समूह धर्ना बसिरहेकोले उक्त समूहलाई उक्साउने किसिमको जोखिम पनि रहेको प्रहरीले बताएको छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट