Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोदाम घरबाट जुवा खेलिरहेका ७ जना पक्राउ

गोदाम घरबाट जुवा खेलिरहेका ७ जना पक्राउ

सुनसरी : सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी गाउँपालिका-१ लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जना छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट