Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कास्की कारागारमा फर्किएनन् ३ सय कैदीबन्दी, १४ विदेशी पनि फरार

कास्की कारागारमा फर्किएनन् ३ सय कैदीबन्दी, १४ विदेशी पनि फरार

पोखरा : जेनजी प्रदर्शनका क्रममा भागेका कास्की कारागारका कैदीबन्दीमध्ये अझै ३ सय जना फर्किएका छैनन् । कारागारमा रहेका ७ सय ७३ कैदीबन्दी मध्ये हालसम्म ४ सय ७४ जना मात्रै फर्किएका कारागारले जनाएको छ ।

अझै २ सय ९९ जना फरार रहेका कारागार प्रमुख रमेश शर्माले जानकारी दिए । उनका अनुसार फरारमध्ये १४ जना विदेशी छन् । कारागारमा ७ सय ३८ पुरुष र ३५ जना महिला थिए । भागेका कैदीबन्दी नफर्किएपछि कारागारले तुरुन्त फर्किन पुनः सूचित गरेको थियो । कैदीबन्दीलाई फर्किनका लागि असोज २० गतेसम्म म्याद दिइएकोमा अझै ३ सय जना बाहिरै रहेका हुन् । अब उनीहरूलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

निर्धारित समयभित्र उपस्थित नभएलाई कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही हुने शर्माले बताए । यस्तै, फरार कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने सूचना जारी गरिएको छ ।

कारागार कार्यालय कास्कीले फरार कैदीबन्दीहरुका सम्बन्धमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट