Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धनकुटामा दुई पुरुष झुण्डिएको अवस्थामा मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

धनकुटामा दुई पुरुष झुण्डिएको अवस्थामा मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

पाख्रीबास (धनकुटा) : धनकुटाको फरक–फरक स्थानमा दुई पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। एक जना घरभित्र र अर्को घर छेउको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन्।

पहिलो घटना साँगुरिगढी गाउँपालिका–४, एक्सेरुङमा भएको हो। त्यहाँ करिब ४५ वर्षका एक पुरुष आफ्नै दिदी फुलमाया लिम्बूको घरमा पाहुना गएका थिए। उनी सोमबार साँझ करिब साढे ५ बजे माथिल्लो तलाको कोठाभित्र प्लास्टिकको सूतको पासो प्रयोग गरी झुण्डिएको अवस्थामा फेला परेका हुन्, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।

त्यसैगरी, दोस्रो घटना महालक्ष्मी नगरपालिका–१, मचेपु पारी खाप्राङमा भएको हो। त्यहाँ करिब ५५ वर्षका हिक्मत दर्जी मंगलबार बिहान करिब ८ बजे आफ्नै घरछेउको रुखमा कपडाको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएका हुन्।

दुवै घटनास्थलमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ। डिएसपी कार्कीका अनुसार, “दुवै घटनाको कारण अहिले स्पष्ट छैन, थप अनुसन्धानपछि मात्रै केही भन्न सकिन्छ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट