सल्यान : सल्यानमा सोमबार जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका –८ ज्वालापुरस्थित खलङ्गाबाट सुनचौरतर्फ जाँदैगरेको लुप्र ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जिप दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार घाइते हुनेहरुमा चालक शारदा, ८ आरा बस्ने बर्ष २७ का सुरेन्द्र कंवरको अवस्था गम्भीर छ । अन्य घाइतेहरुमा शारदा, ८ कै वर्ष ७२ कि भोटीकुमारी बुढाथोकी, वर्ष १७ का कुलबहादुर बुढा, वर्ष ७१ का लालबहादुर भण्डारी, वर्ष २१ कि मञ्जरी राना, उहाँकी पाँच महिनाकी छोरी एलिशा रहनुभएको छ।
अन्य घाइतेहरुमा शारदा, १४ का २६ वर्षीय सुशील कंवर, ४८ वर्षीय भूपबहादुर बिक रहनुभएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । दिउँसो साढे १ बजेतिर जिप अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij