काठमाडौँ : जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा अभियान सुरु गरिएको छ। जेनजी अभियन्ताहरूले #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS ह्यासट्यागसहित अभियान चलाएका छन्।
सार्वजनिक पोस्टरमा ओली र लेखकको फोटो राखिएको छ र उनीहरूलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनिएको छ।
यसैगरी, “हामी नेपाल” अभियानका संयोजक सुदन गुरुङले पनि सामाजिक सञ्जालमा उक्त पोस्टर शेयर गर्दै ओली र लेखकलाई पक्राउ गर्न आग्रह गरेका छन्। उनीहरूले दबाब दिन सबैलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्। जेनजी आन्दोलन दबाउन जिम्मेवार रहेको दाबी गर्दै यसअघि नै ओलीलगायतलाई राजधानीबाहिर जान रोक लगाइसकिएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij