Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

इलामको पहिरोमा घाइते चारजनालाई सेनाको हेलिकप्टरमार्फत झापा पुर्याइयो 

इलामको पहिरोमा घाइते चारजनालाई सेनाको हेलिकप्टरमार्फत झापा पुर्याइयो 

इलाम :  अविरल वर्षापछि इलामको सन्दकपुर नगरपालिका–४ माबु क्षेत्रमा आएको पहिरोमा परी घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत झापा स्थानान्तरण गरिएको छ। घाइतेमध्ये एक बालिका, तीन महिला र एक पुरुष रहेका छन्।

घटनापछि स्थानीय र सुरक्षाकर्मीहरूको सहयोगमा घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि माबु स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्यकर्मीको सिफारिसपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत झापा अस्पताल पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यसैगरी, झापा मिलनबस्ती क्षेत्रमा पनि सेनासहितका सुरक्षा निकायले गएराति उद्धार अभियान सञ्चालन गर्दै मोटर बोट, डुङ्गा र पैदलमार्फत ९१ जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ।

स्थानीय प्रशासनले निरन्तर वर्षाले थप पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट