Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटमा बाढीले एक वृद्धाको मृत्यु, एक पुरुष उद्धार

रौतहटमा बाढीले एक वृद्धाको मृत्यु, एक पुरुष उद्धार

चन्द्रपुर (रौतहट) : अविरल वर्षासँगै आएको बाढीले रौतहटमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने एक पुरुषलाई जीवितै उद्धार गरिएको छ।

माधवनारायण नगरपालिका–८ का हरिवंश रायकी ७५ वर्षीया श्रीमती पन्मादेवी राय बागमती खोलामा डुबेर मृत्यु भएकी हुन्। उनका अनुसार, घरदेखि २ किलोमिटर उत्तरपूर्वको बागमती खोलामा दाउरा टिप्ने क्रममा उनी बगाएर गएपछि स्थानीय र प्रहरीले सहयोग गरी शव निकालिएको छ।

यस्तै, गढिमाइ नगरपालिका–५ बागमती नदी किनारमा दाउरा टिप्ने क्रममा ६५ वर्षीया बिगनराय यादवलाई नदीले बगाएको थियो। उनलाई स्थानीय र सशस्त्र प्रहरी बल सन्तपुरको सहयोगमा उद्धार गरिएको थियो। यादवलाई भरत मेडिकल हलमा सामान्य उपचारपछि घर फर्काइएको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायले विपद् प्रभावित क्षेत्रमा उद्धार र सुरक्षा कार्यलाई प्राथमिकता दिँदै जनताको सुरक्षामा जुटिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट