Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सप्तरीको बोचहीमा त्रियुगा नदीको बाढीले ६० घरपरिवार डुबानमा, उद्धार कार्य जारी

सप्तरीको बोचहीमा त्रियुगा नदीको बाढीले ६० घरपरिवार डुबानमा, उद्धार कार्य जारी

राजविराज : सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचहीका ६० घरपरिवार त्रियुगा नदीको बाढीले डुबानमा परेका छन्। स्थानीय प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार अति प्रभावित घरपरिवारलाई उद्धार गरी राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ।

डुबानमा परेका परिवारको उद्धार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा गरेका छन्। सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदीको बाढी तटबन्धमाथि बगेर बोचही बस्तीमा प्रवेश गरेको हो।

जिल्लामा लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण कहाँ–कहाँ कति क्षति पुगेको छ भन्ने बुझ्न सुरक्षा निकायका दुई वटा टोली अलग–अलग खटाइएको छ। उद्धार कार्य र निगरानी निरन्तर जारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट