Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झापामा बाढीको प्रभावः ५ सयभन्दा बढी घरपरिवार विस्थापित, उद्धार जारी

झापामा बाढीको प्रभावः ५ सयभन्दा बढी घरपरिवार विस्थापित, उद्धार जारी

दमक :  दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण झापाका कन्काई, कमल, रतुवा लगायतका विभिन्न खोलामा बाढी आएको छ। यस कारण झापामा ५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विशेष गरी शिवसताक्षी नगरपालिकामा सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ साढे तीन सयभन्दा बढी घरपरिवारलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको छ। झापा गाउँपालिका, भद्रपुर नगरपालिका लगायतका अन्य पालिकाहरूमा पनि विस्थापितको संख्या बढिरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूका अनुसार उद्धार कार्य जारी रहेको छ। विभिन्न पालिकामा विस्थापित र डुबानको अवस्था बारे जानकारी संकलन भइरहेको छ। उहाँले भने, "हाम्रो पहिलो प्राथमिकता उद्धार कार्य र मानवीय क्षति हुन नदिनमा केन्द्रित छ।"

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट