हेटौँडा : हेटौँडा हुँदै काठमाडौँ भित्रिने सबै मार्ग आगामी तीन दिनसम्म पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिवार दिउँसो जारी गरेको सूचनामा भारी वर्षा तथा सम्भावित बाढी, पहिरो र डुवानका कारण आउन सक्ने जोखिम न्यूनीकरणका लागि असोज १८, १९ र २० गतेका लागि सबै मार्ग बन्द रहने जनाएको छ।
मुख्य जिल्ला अधिकारी स्किम श्रेष्ठले सवारीसाधन आवत–जावत बन्द हुँदा यात्रुहरूलाई परेको असुविधाप्रति क्षमाप्रार्थी व्यक्त गर्दै सो अवधिमा घरमै सुरक्षित बस्न र विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा प्राप्त गर्न आग्रह गर्नुभएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना छ। प्रशासनले जनसुरक्षामा सतर्क रहन सबैलाई सचेत रहन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij