काठमाडौँ : ललितपुरस्थित मनोहरा, कर्मनाशा, नख्खु खोला र बागमती नदी किनारका बासिन्दालाई लगातार अविरल वर्षाका कारण पानीको बहाव बढेसँगै सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार, जोखिम न्यूनीकरणका लागि विशेष उद्धार टोली तयार गरिएको छ। नेपाल पर्वतारोहण संघ र पर्वतीय उद्धारमा सक्रिय नारा तथा एनएनएमजीएसँगको सहकार्यमा २५ जनाको विशेष उद्धार टोली जावलाखेलमा तत्पर अवस्थामा राखिएको छ।
एसएसपी बोगटीले भने, “विशेष उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गर्न सकिने गरी तयारीमा छ। टोली र प्रहरीका उद्धारकर्मीहरूले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गर्नेछन्।”
ललितपुर प्रहरीले आवश्यक विशेष उद्धार सामग्री र एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ। यस कदमले नदी/खोला किनारका बासिन्दाको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
ललितपुरस्थित मनोहरा, कर्मनाशा, नख्खु खोला र बागमती नदी किनारका बासिन्दालाई लगातार अविरल वर्षाका कारण पानीको बहाव बढेसँगै सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार, जोखिम न्यूनीकरणका लागि विशेष उद्धार टोली तयार गरिएको छ। नेपाल पर्वतारोहण संघ र पर्वतीय उद्धारमा सक्रिय नारा तथा एनएनएमजीएसँगको सहकार्यमा २५ जनाको विशेष उद्धार टोली जावलाखेलमा तत्पर अवस्थामा राखिएको छ।
एसएसपी बोगटीले भने, “विशेष उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गर्न सकिने गरी तयारीमा छ। टोली र प्रहरीका उद्धारकर्मीहरूले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गर्नेछन्।”
ललितपुर प्रहरीले आवश्यक विशेष उद्धार सामग्री र एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ। यस कदमले नदी/खोला किनारका बासिन्दाको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij