Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाँचथरको कुम्मायकमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु र ६ जना घाइते

पाँचथरको कुम्मायकमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु र ६ जना घाइते

फिदिम : तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको मे १ ज ३०५५ नम्बरको बोलेरो जिप शनिबार बिहान कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र अन्य छ जनालाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी थप उपचारका लागि धरान पठाइएको प्रहरीका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घटनास्थलमा अझै उद्धार कार्य जारी रहेको छ। मृतक तथा घाइतेहरूको पहिचान खुलाउने कार्य भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट