Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ग्रेन्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

ग्रेन्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

झापा : ग्रेन्डर मेसिनले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियारको मृत्यु भएको हो ।सोमबार साँझ परियारले आफ्नो घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेन्डरमा परेपछि उनी घाइते भएका थिए ।

घाइते परियारलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा ल्याइएको थियो । तर, अत्यधिक रक्तश्रावका कारण हिजो राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट