कैलाली : कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका छत्रबहादुर रावललाई २१ वर्षपछि पक्राउ गरिएको छ। साविक रामशिखरझाला–७, हाल घोडाघोडी नगरपालिका–४ का रावललाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीका अनुसार, रावललाई जिल्ला अदालतबाट जन्मकैद र उच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएको थियो। रावल २०६१ सालमा कारागारबाट फरार भएका थिए। तत्कालीन नेकपा (माओवादी) ले कारागारमा आक्रमण गर्दा उनी फरार भएका थिए।
डीएसपी अवस्थीले जानकारी दिए अनुसार, फरार रावललाई भदौ ११ गते माघी गाउँबाट पक्राउ गरी आइतबार जिल्ला कारागार कार्यालय कैलाली पठाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij