Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मनहरी गाउँपालिकाले भीमफेदी कारागारका कैदीलाई दसैँको अवसरमा खसी र खाद्यान्न सहयोग

मनहरी गाउँपालिकाले भीमफेदी कारागारका कैदीलाई दसैँको अवसरमा खसी र खाद्यान्न सहयोग

हेटौँडा : मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई मनहरी गाउँपालिकाले दसैँको अवसरमा खसी र खाद्यान्न सहयोग उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीसहित अन्य जनप्रतिनिधिको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई सामग्री प्रदान गरिएको हो।

गाउँपालिकाले कारागारलाई २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा र २.५ कार्टुन तेल उपलब्ध गराएको छ। साथै प्रशासनिक कार्य सहज बनाउन एउटा प्रिन्टर पनि प्रदान गरिएको छ।

अध्यक्ष कालाखेतीले भने, “कैदीबन्दीले हर्षका साथ चाडपर्व मनाउन पाउने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष खाद्यान्न र आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ।”

खाद्यान्न वितरण कार्यक्रममा वडा १ का अध्यक्ष शिवप्रसाद खनाल, वडा २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा ६ का अध्यक्ष यादव थपलिया, वडा ७ का अध्यक्ष ठाकुर तितुङलगायतका जनप्रतिनिधिहरू उपस्थित थिए। भीमफेदी कारागारमा करिब ६० जनाभन्दा बढी कैदीबन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट