स्याङ्जा : जेनजी आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ।
पुतलीबजार नगरपालिका वडा–१४ स्यानचौर घर भएका ४१ वर्षीय यमबहादुर बिक, जो लागूऔषध (हिरोइन) मुद्दामा कारागारमा थुनिएका थिए, आइतबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला कारागार स्याङ्जामा पठाइएको प्रहरी नायब उपरीक्षक पसन्नराज चौधरीले जानकारी दिनुभयो।
स्याङ्जा प्रहरीले यसअघि केन्द्रीय कारागारबाट फरार दुई र कास्की कारागारबाट फरार तीन जना कैदीलाई पनि पक्राउ गरी कारागारमा पठाइसकेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij