Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धनगढीमा बेपत्ता ११ वर्षीया बालिका मोहना नदीमा मृत फेला

धनगढीमा बेपत्ता ११ वर्षीया बालिका मोहना नदीमा मृत फेला

कैलाली : धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना मृत फेला परेकी छन् । बिहीबार साँझदेखि बेपत्ता रहेकी उनलाई शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहका अनुसार रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको हो । घटनास्थलभन्दा करिब दुई सय मिटर टाढा उनको कपडा समेत भेटिएको प्रहरीले जनाएको छ । शव निर्वस्त्र अवस्थामा फेला परेको बताइएको छ ।

हाल शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । पीडित परिवारले घटनाको अनुसन्धान माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट