Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

गुलरिया (बर्दिया) : बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

शनिबार राति ११ बजे घरदेखि एक किलोमिटर दूरीमा रहेको खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलामाथि आक्रमण गरेको थियो । रातिको समयमा आक्रमण गरेको महिलाको घटनास्थलमा मृत्यु भएको हो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थल मै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणि पौडेलले बताउनुभयो । शवलाई आइतबार पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मृतक खत्रीको श्रीमान् चित्रबहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुनुहुन्छ । उहाँका तीन छोरी र एक छोरा छन् ।विशेष गरी धान पाक्ने सिजनमा जङ्गली हात्ती किसानको खेतमा धान खान आउने गर्छ । हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ । यस अघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट