Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी प्रदर्शनमा लुटिएको ३५ सय राउन्ड गोली फेला

जेनजी प्रदर्शनमा लुटिएको ३५ सय राउन्ड गोली फेला

काठमाडौँ : जेनजी प्रदर्शनमा प्रहरीका युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिएको छ । काठमाडौँ उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउन्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले  बताए ।

प्रहरी हेडक्वार्टरले अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दिपक रेग्मीको नेतृत्वमा समिति बनाएर प्रदर्शनमा भएको क्षतिको विवरण सङ्कलन गरेको थियो । समितिले विवरण सङ्कलन गरेर आईजीपी चन्द्र कुवेर खापुङलाई प्रतिवेदन बुझाएको छ ।

काठमाडौँ उपत्यकाबाट करिब ६ सय राउन्ड गोली लुटपाट भएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । प्रदर्शन स्थलमा हराएको र युनिटहरूबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट