Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

केन्द्रीय कारागारबाट भागेका दुई जना धुम्बाराहीबाट पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई जना धुम्बाराहीबाट पक्राउ

काठमाडौँ : केन्द्रीय कारागार सुन्धाराबाट भागेका दुई जनालाई प्रहरीको काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३२ वर्षीय सुमन लामा र ४२ वर्षीय पुरुषोत्तम धिताल छन् ।

उनीहरू जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा कारागारबाट भागेका थिए । लामालाई बलात्कार मुद्दामा अदालतले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । धिताल सवारी ज्यान मुद्दामा जेल परेका थिए । उनलाई अदालतले ३ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट