Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कास्की कारागारका साढे ३ सय कैदीबन्दी अझै फर्किएनन्

कास्की कारागारका साढे ३ सय कैदीबन्दी अझै फर्किएनन्

पोखरा : जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका साढे ३ सय कैदीबन्दी अझै फर्किएका छैनन् । दसैँअघिको बिदा नहुँदै नफर्किए कारागार ऐनअनुसार ६ महिनादेखि १० वर्षसम्म जेल सजाय हुने सूचना प्रसारण गरे पनि कैदीबन्दी अझै नफर्किएका हुन् ।

७ सय ७३ कैदीबन्दी फरार भएका यहाँबाट हालसम्म ४ सय १३ जना मात्रै फर्किएकाे कारागारले जनाएको छ । अझै ३ सय ६० जना फरार रहेका कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।

नफर्किएकाहरूको खोजी गर्न प्रहरीसँग आग्रह गरिएको उनले जानकारी दिए । यता बालसुधार गृहमा रहेका १ सय ९ बालकमध्ये ४९ जना फर्किएका छन् ।उनीहरूको खोजीका लागि प्रहरीसँग अनुरोध गरिसकिएको सुधारगृह प्रमुख डासी पौडेलले बताए । कैदीबन्दीहरु नफर्किएपछि समाजमा त्रास कायमै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट