काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा एक जना महिलाको हत्या भएको छ । चन्द्रागिरि नपा–६ चेकपोस्ट महादेवस्थान घर भएर खहरे थापागाउँमा माइतीघरमा बस्दै आएकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो ।
हत्यामा संलग्न आरोपमा दहचोक घर भएका ३२ वर्षीय सरोज थापालाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको सिमानाबारे विवाद हुँदा बुधवार सरोजले चिर्पटले हिर्काएर महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।महिलाको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij