पर्सा : जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका एक कैदी पर्सामा पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा कालिकामाई गाउँपालिका–५ सिमरा निवासी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई बुधबार बेलुकी पक्राउ गरेको हो ।
कुर्मीले आफ्नै पत्नी ३५ वर्षीया संगिता देवी कुर्मीलाई घाँटी थिची हत्या गरेको मुद्दामा पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका थिए । उनलाई २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको अराजक परिस्थितिमा केन्द्रीय कारागारबाट फरार भएको घोषित गरिएको थियो ।प्रहरीका अनुसार कुर्मी आफ्नै गाउँमा लुकीछिपी बस्दै आएका थिए । उनलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा पठाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij