Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं : ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सानेपाबाट बुधबार पक्राउ गरेको हो ।सहकारी ठगीमा फरार भएका शर्मालाई यसअघि सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए ।

संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी दिएका थिए। बचतकर्ताको जाहेरी पछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

सहकारी ठगीका साथै उनीविरुद्ध २२ अर्ब भन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो ।उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट